प्रधानमन्त्री केपी शर्मा ओलीले सिकेको ज्ञान तथा सीपलाई राष्ट्र र समाजको सेवामा इमाँदारीपूर्वक लगाउन विधार्थीलाई आग्रह गर्नुभएको छ ।
मंगलवार राजर्षि जनक विश्वविद्यालयको प्रथम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रथम दीक्षान्त समारोह ऐतिहासिक रहेको उल्लेख गर्दैै गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो । उहाँले शक्ति युगमा विद्धता, ज्ञान र दर्शनको छलफल हुने गरेको उल्लेख गर्दै चार हजार वर्षपछि त्यही ठाउामा आइपुगेको बताउनु भयो । शासकीय स्वार्थ र अव्यवस्थाको कारणले शिक्षा क्षेत्रको अपेक्षाकृत विकास हुन नसकेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यतिबेला बल्ल एउटा विश्वविद्यालय स्थापना भयो । र आज पहिलो दिक्षान्त समारोह हामी गर्दैछौं । शक्ति युगमा यहाँ विद्वताको छलफल हुन्थ्यो, ज्ञानको छलफल हुन्थ्यो र दर्शनको छलफल हुन्थ्यो । आज हामी चार हजार वर्षपछि फेरि त्यस ठाउँतिर फर्केर आइपुगेका छौैँ । त्यो शासकीय स्वार्थपन र अव्यवस्थाका कारणले, कुव्यवस्थाका कारणले त्यस्तो भयो । अब लोकतन्त्रमा वास्तविक लोकतन्त्रको अभ्यास गरेर हामी यसलाई अगाडि बढाउनुपर्छ ।’
वास्तविक लोकतन्त्रको अभ्यास गरेर शिक्षा क्षेत्रको विकासलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । —न्युज एजेन्सी नेपाल