एक हप्ताको अवधिमा लस एन्जलस प्रहरी विभागले आप्रवासन विरोध प्रदर्शनमा लगभग ४ सय जनालाई पक्राउ गरेको बताएका छन् । पक्राउ र हिरासतमा लिइएकाहरूमा ३ सय ३० गैरकानूनी आप्रवासीहरू रहेका छन् भने आक्रमण र अवरोध गरेको आरोपमा १ सय ५७ जना पक्राउ परेका छन् । अमेरिकाको दोस्रो ठूलो शहरमा गत मंगलवार रातिदेखि कफ्र्यू लागेको थियो । उल्लंघन गरेको आरोपमा १७ जना पक्राउ परेका छन् । क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसम र अन्य स्थानीय अधिकारीहरूको आपत्तिका बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४ हजार भन्दा बढी राष्ट्रिय गार्ड सेना र लगभग ७ सय सक्रिय–ड्युटी मरीनहरू लस एन्जलस क्षेत्रमा पठाएका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
लस एन्जलस आप्रवासन विरोध प्रदर्शनमा ४ सय पक्राउ