टर्किएमा हट एयर बेलुन दुर्घटना हुँदा पाइलटको मृत्यु, १९ पर्यटक घाइते

.

मध्य टर्किएमा एउटा हट एयर बेलुन दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । अक्सारे प्रान्तको गुजेल्युर्ट जिल्लाको इहलारा उपत्यकाबाट उडेका दुई तातो हावाका बेलुनहरू उडान भरेको केही समयपछि गोज्लुकोयु क्षेत्र नजिकै दुर्घटनाग्रस्त भएका थिए । जसको कारण अझै पत्ता लाग्न सकेको छैन । कमहुरिएतले पर्यटकहरू इण्डोनेसियाली भएको रिपोर्ट गरेको छ । दुर्घटनाको कारण अझै पुष्टि भएको छैन र घटनाको अनुसन्धान भइरहेको छ । हट एयर बेलुनहरू क्षेत्रको पर्यटन गतिविधिहरूको एक भागको रूपमा सञ्चालन भइरहेको बताइएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।