इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले इजरायली सैन्य कारबाही रोक्न आग्रह गर्नुभएको छ । इजिप्टका राष्ट्रपतिले आफ्ना साइप्रस समकक्षी निकोस क्रिस्टोडौलिड्ससँगको फोन वार्तामा उक्त टिप्पणी गर्नुभएको हो । निरन्तर तनावले क्षेत्रका सबै जनतालाई गम्भीर र भयानक हानि पु¥याउने बताउनु भयो । इजिप्टका नेताले यस क्षेत्रमा सुरक्षा र स्थिरता सुनिश्चित गर्न शान्तिपूर्ण समाधान एकमात्र व्यवहार्य माध्यम रहेकोमा जोड दिनुभयो । अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवारीपूर्वक कार्य गर्न बाध्य पार्न थप सक्रिय भुमिका खेल्न आह्वान गर्नुभयो । सिसीले ओमानको मध्यस्थतामा अमेरिका–इरानी आणविक वार्ता पुनः शुरु गर्ने तत्काल आवश्यकतालाई पनि दोहो¥याउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
इजिप्टका राष्ट्रपतिद्वारा इजरायली आक्रमण अन्त्य गर्न आग्रह