काठमाडौं – नेपालमा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल ५ हजार ८४७ पिसिआर परीक्षणका क्रममा २३ जना र १ हजार ६२ एन्टीजेन परीक्षणका क्रममा ० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज थप ६६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ६२५ जना निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८९९ रहेको छ ।