घट्यो कोरोना परीक्षण शुल्क,सरकारी अस्पतालमा ८०० निजीमा १५०० रूपैयाँ ताेकियाे

.

काठमाडौं – सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा पिसिआर परीक्षण गर्दा ८०० रूपैयाँ शुल्क तोकिएको छ। र, निजी प्रयोगशालामा पिसीआर टेष्टको शुल्क १५०० रूपैयाँ तोकिएको छ।

यसअघि सरकार अस्पतालहरुमा परीक्षणको शुल्क १ हजार र निजी अस्पतालमा २ हजार रूपैयाँ लिदै आएको थियो।