महोत्तरीमा २४ सय ७६ म्यादी प्रहरी भर्ना

.

महोत्तरी-आसन्न स्थानीय तहको निर्वाचनको लागी महोत्तरीमा २४ सय ७६ जना म्यादी प्रहरी छनोट गरिएको छ ।

 

८ हजार ५५ जनाले दिएको आवेदन मध्य २४ सय ७६ जनालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

कूल आवेदन मध्य ८ सय जना महिला र बाँकी पुरुषले आवेदन दिएका थिए । ८ सय जना  महिलाहरूको आवेदनमा ४ सय ९८ जना महिलालाई  छनोट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

 

मापदण्डअनुसार छनोट भएका १९ सय ७८ जना पुरुष र ४ सय ९८ जना महिलाहरूलाई भोलिबाट तालिममा सहभागी गराउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विशाल बस्नेत/न्युज कारखाना