न्युयोर्क-रुसले ह्युमन राइट्स वाच, एम्नेस्टी इन्टरनेशनल र कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिसलगायत दर्जन बढी अन्तर्राष्ट्रिय संस्थाहरूको स्थानीय कार्यालयहरू बन्द गरिरहेको छ ।
रुसले फ्रेडरिक नौमन फाउन्डेसन फर फ्रीडम, फ्रेडरिक एबर्ट फाउन्डेसन, आगा खान फाउन्डेसन, डब्लुस्पोलनोटा पोल्स्का एसोसिएसन र अन्य संस्थाका स्थानीय कार्यालयहरू पनि बन्द गरेको छ ।
युक्रेनमाथि हमला भएको ४४औँ दिनमा रुसले सो घोषणा गरेको छ । रुसी हमलालाई लिएर पश्चिमा मुलुकहरूले उमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् ।
यसैबीच रुसले पूर्वी युक्रेनमा आफ्नो हमला केन्द्रित गरेको छ । शनिबार रुसले एउटा रेल स्टेसनमा आक्रमण गर्दा दर्जनौँ युक्रेनीको मृत्यु भएको थियो ।
एजेन्सी