नेपालमा थप ४ जनामा कोरोना पुष्टि

.

काठमाडौं – नेपालमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल १ हजार ८०० पिसिआर परीक्षणका क्रममा ३ जना र ९४० एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप ४८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २७ जना निको भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५९२ रहेको छ ।