यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिनुस्: बालकृष्ण खाँण

.

काठमाडौं -गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ ।

 

गृहमन्त्री खाँणले एकैठाउँमा जाँदा पनि फरकफरक भाडा दर दिने अवस्थामा तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको पनि बताउनु भयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो ।

 

गृहमन्त्री खाँणले यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक पर्ने ऐन, कानुन तर्जुमा गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । त्यसका लागि सरकारले सरोकारवाला पक्षहरुसँग बृहत छलफल गरेर अघि बढन चाहेको गृहमन्त्री खाँणको भनाई थियो ।