१० औँ पटक सगरमाथा आरोहण गर्दै लाक्पा शेर्पा

.

काठमाडौं -आरोही लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहण गर्नुहुने भएको छ ।

 

सोमवार काठमाडौंमा नेपाल पर्वतारोही संघले नेपालको झण्डा हस्तान्तरण गर्दै सगरमाथा आरोहणका लागि विदाई गरेको हो । कार्यक्रममा आरोही लाक्पाले अबको सगरमाथा आरोहणले नेपाली महिलाहरु कुनै पनि कामका लागि पछि हट्दैनन् र जुन कुनै पनि काम गर्न सक्छन् भन्ने प्रेरणा दिने बताउनु भयो ।

 

१० औँ पटक हिमाल आरोहण गरेपछि नेपाल र विदेशमा पनि नेपालको मानसम्मान र प्रतिष्ठा पुग्ने विश्वास रहेको बताउनु भयो । उहाँले हिमालमा रहेको फोहोरहरु कम गरी स्वच्छ हिमाल बनाउने काममा आरोहीहरुले पनि भुमिका खेल्न आवश्यक रहेको बताउनु भयो । आरोही लाक्पाले आफू अबको सगरमाथा आरोहण कीर्तिमानी आरोही एडमन हिलारीको झैँ गर्न चाहेको बताउनु भयो । लाक्पा १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोली लिएर गाइडको भूमिकामा सगरमाथा जाँदै हुनुहुन्छ ।