कठमाडौं -प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिन उद्योगी, व्यवसायीहरलाई आह्वान गर्नु भएको छ ।
रुस र युक्रेन युद्धका कारण अर्थतन्त्रमा पारेको नकारात्मक असरतर्फ सचेत गराउँदै सभामुख सापकोटाले मुलुकभित्रैको उत्पादनलाई बढावा दिई आत्मनिर्भर अर्थतन्त्रमा निर्माणमा जोड दिन उद्योगी, व्यवसायीहरुलाई आग्रह गर्नु भएको हो । सोमबार नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधरण सभामा बोल्दै उहाँले विश्वमा देखिको असमझदारी र युद्धको कारण अर्थतन्त्रमा देखिको चुनौतीले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता औल्याएको बताउनु भयो ।
सभामुख सापकोटाले रुस र युक्रेन युद्धको कारण विश्व अर्थतन्त्रमा नै सकस बनाएकाले आत्मनिर्भर अर्थतन्त्र आवश्यकता रहेको प्रष्ट भएको बताउनु भयो । सभामुख सापकोटाले मुलुकमा देखा परेको अर्थतन्त्रको चुनौतीलाई सरकार र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताउनु भयो । मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउनको लागि निजी क्षेत्र र सरकारबीच अन्र्तरघुलित सम्बन्ध हुनु पर्ने सभामुख सापकोटाको भनाई थियो । उहाँले अझै पनि आर्थिक विकास गर्नको लागि दीर्घकालिन योजनाको कमि रहेको बताउनु भयो ।