राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला भएको बताउनुभएको छ ।
काठमाडौंमा मंगलवार कानून व्यवसायी परिषद्को ३२ औं परिषद् स्थापना तथा आत्ममूल्यांकन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कानून व्यवसायीहरु विधिको शासन र लोकतन्त्रका रक्षक भएको बताउनु भयो । उहाँले नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनामा कानून व्यवसायीहरुले पु¥याएको योगदानको सराहना गर्नुभयो । लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका बेथिति र अन्याय निरुपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन भएको जिकिर गर्नुभयो । विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताउनु भयो । विधिको पूर्ण पालना गरी न्यायपूर्ण थिति बसाल्न कानून व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको बताउनु भयो । नागरिकको छिटो र सहज तरिकाले न्याय पाउने हकलाई आकार दिन क्रियाशिल हुने कानून व्यवसायीहरुको संवेदनशील भुमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यवसायिक तवरले निर्वाह गर्न सक्षम कानूनी जनशक्ति आजको आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला हो । जहाँसुकैका जो कोही होउन्, कानून व्यवसायीहरु विधिको शासन र लोकतन्त्रका रक्षक पनि हुन् । नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनामा कानून व्यवसायीहरुले पु¥याएको योगदानको सराहना गर्दै यसको सुदृढिकरणमा तपाईंहरुको अझै प्रभावकारी भुमिका रहने मैले विश्वास लिएको छु । लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका बेथिति र अन्याय निरुपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन हो । विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ भन्ने हामीले बिर्सनु हुँदैन । विधिको पूर्ण पालना गरी न्यायपूर्ण थिति बसाल्न कानून व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको छ । नागरिकको छिटो र सहज तरिकाले न्याय पाउने हकलाई आकार दिन क्रियाशिल हुने यो संवेदनशील भुमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यवसायिक तवरले निर्वाह गर्न सक्षम कानूनी जनशक्ति आजको आवश्यकता हो ।’
राष्ट्रपति पौडेलले परिषद्ले कानून व्यवसायीको इजाजत प्राप्तिको लागि लिने परीक्षाको पाठ्यक्रम र गुणस्तरीयताले पनि कानून व्यवसायीको क्षमतालाई प्रतिविम्वित गर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल