सुनचाँदीको मूल्य बढ्यो

.

काठमाडौं – नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर एक लाख एक हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

 

तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि बढेको छ । मंगलबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा २० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।