नेपालमा थप १४ जनामा कोरोना पुष्टि

.

काठमाडौं – नेपालमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ३ हजार ९०३ नमुना परीक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप ५५ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४३८ रहेको छ ।