भदौ २३ र २४ गतेको घटना अनुसन्धान गर्ने आयोगको अध्यक्षमा गौरीबहादुर कार्की

.

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।

आईतवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि मन्त्रीपरिषद्का निर्णय सुनाउँदै गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको सदस्यमा नेपाल प्रहरुीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी रहनुभएको बताउनु भयो । आयोगको कार्यावधि तीन महिना रहेको बताउनु भयो । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) को प्रमुखमा एआईजी डा. मनोजकुमार केसीलाई सरुवा गरेको बताउनु भयो । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय गरेको बताउनु भयो । रिक्त प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरेको बताउनु भयो । दुवैको कार्यावधि ४ वर्षको रहने बताउनु भयो । —न्युज एजेन्सी नेपाल