बीमक संघका निःवर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरकारी सम्पतीको बीमा गर्नुपर्ने बताउनुभएको छ ।
मंगलवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरुत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारी सम्पतीको पनि अनिवार्य बीमा गर्न आवश्यक रहेको बताउनुभएको हो । नेपालमा धेरै पटक नसोचेका घटनाहरु भएको उल्लेख गर्दै जसले ठूलो सम्पतीको क्षति भएको बताउनु भयो ।
क्षेत्रीले भन्नुभयो–‘नेपालमा धेरै पटक नसोचेका घटनाहरू हुने गरेका छन् । जसको कारण सरकारी सम्पत्तिको पनि ठूलो क्षति हुने गरेको छ । भूकम्पको बेला सरकारी क्षतिको पनि बीमा भएको थिएन । अहिले भएको सरकारी सम्पतीको पनि क्षतिको पनि बीमा गरिएको छैन । सरकारी सम्पदा तथा सम्पतीको पनि बीमा गर्न आवश्यक छ ।’
उहाँले अहिले नेपालमा बैंक इन्स्योरेन्स अनिवार्य आवश्यकता भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल