निर्वाचन तयारीबारे प्रधानमन्त्री र गृहमन्त्रीले गरे निर्वाचन आयोगसँग छलफल

.

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगसँग छलफल गर्नुभएको छ ।

अगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक जनशक्ति, सामग्री, स्रोत र मतदाता नामावलीको विषयमा उहाँहरुले आयोगका आयुक्त लगायत कर्मचारीहरुसँग छलफल गर्नुभएको हो । निर्वाचनलाई शान्तीपूर्ण, भयरहित र निश्पक्ष वातावरणमा सम्पन्न गराउन दुवै पक्षले एकअर्कालाई सहयोग गर्ने समझदारी भएको निर्वाचन आयोगका सूचना अधिकारी नारायणप्रसाद भट्टराईले बताउनु भयो । उहाँकाअनुसार विद्यमान निर्वाचनसम्बन्धी कानूनी व्यवस्थामा आवश्यकताअनुसार सुधार गर्ने सहमति समेत भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘शान्तीपूर्ण, भयरहित र निश्पक्ष वातावरणमा स्वच्छ निर्वाचन गराउनेगरी  नेपाल सरकारले निर्वाचन आयोगलाई आवश्यक सहयोग गर्ने र निर्वाचन आयोगले सबै निर्वाचन पूर्वतयारीका सबै पक्षमा ध्यान दिएर प्रभावकारी रुपमा कार्य गर्ने भन्ने समझदारी भएको छ । अहिले हामीले प्रारम्भिक छलफल गरेका हौँ । थप चुनौतिका बारेमा पछि छलफल हुनेछ । अहिले जनशक्ति र स्रोतको विषयमा छलफल भयो । निर्वाचनभित्र जोडिएका विषयहरुमा आयोग र सरकारबीच सहकार्य गरेर अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ । विद्यमान निर्वाचनसम्बन्धी कानून व्यवस्थामा आवश्यकताअनुसार सुधार गर्ने भन्नेकुरामा पनि छलफल भएको छ ।’

अगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउन सरकारले सरोकारवालासँग छलफल शुरु गरेको छ । —न्युज एजेन्सी नेपाल