प्रधानमन्त्री कार्कीसँग इयुका राजदुतको भेट

.

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र युरोपेली संघ (ईयु) का राजदुतबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्की र राजदुतबीच शिष्टाचार भेट भएको हो । ईयुका राजदुतसँगै फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदुतले पनि शिष्टाचार भेट गर्नुभएको छ । जेन—जी आन्दोलनसँगै भएको पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा विभिन्न मुलुकको चासो बढेको छ । जेन—जी आन्दोलनसँगै केपी शर्मा ओली नेतृत्वको सरकार पतनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त हुनुभएको थियो । यसअघि पनि भारत, अमेरिका र चीनका राजदुतले प्रधानमन्त्री कार्कीसँग भेट गरिसक्नुभएको छ । —न्युज एजेन्सी नेपाल