सहकारी संस्थालाई प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टड अकाउन्टेण्ट्सबीच सम्झौता

.

सहकारी संस्थाहरुको विषयलाई प्रभावकारी बनाउनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टड अकाउन्टेण्ट्स संस्थाबीच सहमति भएको छ ।

शुक्रवार बिहान ललितपुरस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा सहमति पत्रमा हस्ताक्षर भएको हो । सोही अवसरमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले वचत तथा ऋणको मूख्य कारोवार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ सार्वजनिक गरेको छ । प्राधिकरणले भए गरेका काम कारवाही तथा भावी योजना विषयमा समेत जानकारी गराइएको छ । संशोधन भएको नयाँ सहकारी ऐनमा समेत सहकारी प्राधिकरणले नेपाल चार्टड संस्थासँग समन्वय गरेर काम गर्नसक्ने भएअनुसार सहमति भएको प्राधिकरणले जनाएको छ । देशभर यसले नेपालमा रहेका काम गर्ने सहकारीहरुको सुपरीवेक्षण गर्ने जिम्मेवारी नेपाल चार्टड संस्थाका सदस्यहरुलाई दिने व्यवस्था गर्न लागेको प्राधिकरणले जनाएको छ । —न्युज एजेन्सी नेपाल