काठमाडौं
नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले यसपालीको दशैं व्यवसायीहरुका लागि विगतको भन्दा फरक र केही निराशाजनक रहेको बताएका छन्।
व्यवसायी कटुवालले दशैं खासै उत्साहजनक नभएको बताएका हुन्।
उनका अनुसार यसपाली जेनजी आन्दोलनका कारण देश खरानी बनेको र धेरै परिवारमा दुःख गरेकाले निरासामा दशैँ मनाउनु परेको बताए ।
उनले यो दशैंमा खासै उत्साह नभएको र आन्दोलन तथा कोलाहलका कारण दशैं आएको जस्तै महसुस नभएको बताए ।
उनले भने,’ खासै उत्साह छैन, भर्खर आन्दोलनले आन्दोलन भयो। मलाई दशैं आएको जस्तो अनुभव छैन ।’
उनले अहिलेको माहोल दशैंका लागि राम्रो नरहेको र विगतको भन्दा निराशाजनक तर सामान्य रुपमा मनाइँदै गरेको बताए।
उनले यस वर्ष देशमा ठूलो धनजनको क्षति भएकाले दशैं विगतको जस्तो नभएर अलिकति छिन्न भिन्न र दुखद वातावरणमा रहेको बताए ।
“अहिले यस्तो छ यसपाली यस्तो छ अलिकति देशमा अ ठुलो धनजनको क्षति भएको छ । दुखद किसिमको बातावरणमा हामी छौ ।’
उनले अहिलेको दशैं विशेषगरी नवरात्र सुरु भएदेखि शक्तिपीठहरूको दर्शन गरियो ।
दशैंले नेपालीहरूमा भाइचारा र माया बढाउनुका साथै परिवारसँग बसेर रमाइलो गर्ने अवसर दिने उनको भनाइ छ।
“यो पर्वले चाहिँ एउटा हामी नेपाली जगतमा एक आपसमा भाइचारा र चाहिँ माया प्रीति सात सात गर्ने। साथै चाहिँ परिवारसँग बसेर रम्न पाउने चाड हो”।
माता दुर्गाको आशीर्वादले सबैको सुस्वास्थ्य, मंगलमय र उत्तरोत्तर प्रगतिको कामना गर्ने पर्वका रूपमा दशैंलाई हेर्ने उनको धारणा छ।
उनले यो वर्ष मनबाट त्यति खुशी नभएको र पारिवारिक, सांस्कृतिक तथा धार्मिक भेटघाटमै सीमित रहेको धारणा राखे ।
उनले दशैंको समयमा आगामी दिन सुखमय, शान्तिमय र आर्थिक समृद्धिको बाटोमा अघि बढोस् भन्ने शुभकामना आदानप्रदान गर्ने परम्परालाई पनि जोड दिए ।