काठमाडौं-नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताउनु भएको छ ।
बुधवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनु भएको हो ।उहाँले नेपालको राजनीतिमा कम्युनिष्टहरुको द्वेध चरित्र बारुम्बार देखिएकोले अहिले काँग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने बताउनु भयो ।
महामन्त्री थापाले काँग्रेससँग रहेका ३२ लाख मतदाता भन्दा माथि बढाउन नसक्ने सोचाइ राखेर अघि बढ्ने हो भने हरेक पटक नेपाली काँग्रेस कम्युनिष्टहरुसँग डराएर बस्नुपर्ने बाध्यता सिर्जना हुने बताउनु भयो । उहाँले यदी सबै क्षेत्रमा काँग्रेस हार्छ भन्ने सोचाइले अघि बढेमा बारम्बार कम्युनिष्ट पार्टीहरुले तर्साउने बताउनु भयो ।