कम्युनिष्ट पार्टी बीचको लडाइँमा कांग्रेस सहभागी हुनुहुँदैन: डा. मिनेन्द्र रिजाल

.

काठमाडौं-नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिष्ट पार्टी बीचको लडाइँमा काँग्रेस सहभागी बन्न नहुने बताउनु भएको छ ।

 

बुधवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै नेता रिजालले यस्तो बताउनु भएको हो । उहाँले नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन गरेर जान नहुने दोहो¥याउनु भयो ।

 

नेता रिजालले स्थानीय निर्वाचनमा राम्रो परिणाम आएको खण्डमा पुनः कम्युनिष्ट पाटीहरु एकजुट भएर आफ्नो सरकार बनाउने भन्दै उहाँले काँग्रेसले गठबन्धन नगरी स्थानीय निर्वाचनमा भाग लिएको खण्डमा देश दुर्घटनाबाट जोगिने जिकीर गर्नुभयो ।

 

नेता रिजालले एक्लाएक्लै निर्वाचनमा जाँदा काँग्रेसलाई केही सिट कमी आएपनि देशको भलो हुने बताउनु भयो । उहाँले स्थानीय निर्वाचनमा माओवादीले धेरै सिट ल्याएको खण्डमा नेकपा एमाले र नेकपा एमालेले धेरै सिट ल्याएको खण्डमा नेकपा माओवादी केन्द्र एक अर्कालाई प्रधानमन्त्रीको प्रश्ताव लिएर जानसक्ने आशंका व्यक्त गर्नुभयो ।

News Agency Nepal