सूचना प्रविधिका कानुनलाई समय अनुकुल विकास गर्छाैं: ज्ञानेन्द्र बहादुर कार्की

.

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्र्कीले सरकारले सूचना प्रविधिका नीति तथा कानूनलाई समय अनकुल गुणात्मक विकास गर्ने नीति लिएको दाबी गर्नु भएको छ ।

 

बुधबार सूचना प्रविधि मेला क्यान इन्फोटेकको उद्घाटनमा बोल्दै मन्त्री कार्कीले इन्टर नेटमा करको पुनारावलोकन साथै नीजि क्षेत्रले उठाएका मागको सम्बोधन गर्दैै सूचना प्रविधिका नीति तथा कानूनलाई समय अनकुल गुणात्मक विकास गर्ने नीति लिएको बताउनु भएको हो ।

 

उहाँले वर्तमान सरकारले सूचना प्रविधिको पूर्वाधार विकास, सेवाको गुणस्तर वृद्धि, सुलभ सेवाको उपलब्धता एवम डिजिटल साक्षरतालाई प्राथमिकतामा राखेको पनि बताउनु भयो । मन्त्री कार्कीले सूचना प्रविधिलाई देश विकासको प्राथमिक औजारको रुपमा लिनु पर्ने स्पष्ट सोचका साथ एकिकृत सूचना तथा सञ्चार प्रविधि नीतिलाई समय अनकुल बनाउन लागि रहेको जानकारी दिनु भयो ।

 

उहाँले पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व विकासले मानव स्रोतको विकास भइ दक्ष जनशक्तिको क्षेत्रमा वृद्धि भएता पनि देशका सबै भू–भागमा सूचना प्रविधिको पहुँच पु¥याउन अझै मेहनत गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।

News Agency Nepal