सरकारले मुल्यवृद्धि निर्देशिका भाग–२ जारी गर्नुपर्छ: रवि सिंह

.

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा मुल्यवृद्धि भएको भन्दै मुल्यवृद्धि निर्देशिका भाग – २ ल्याउन माग गरेको छ ।

 

बिहीवार महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना गर्दै मुल्यवृद्धि निर्देशिका भाग –२ ल्याउन माग गरेको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको अप्रत्यासित रुपमा मुल्यवृद्धि हुँदा निर्माणको काम अगाडी बढाउन नसकिएको बताउनुभयो ।

 

उहाँले निर्माणको काम अगाडी बढाउनका लागि सरकारले अविलम्ब मुल्यवृद्धि निर्देशिका भाग–२ ल्याउनुपर्ने बताउनुभयो । सरकारले निर्देशिका नल्याएमा कन्ट्रक्शन होलिडेमा जानुपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।

News Agency Nepal