मधेस प्रदेशका प्रदेश प्रमुखले सरकार आह्वान गर्न ढिलाई गरेर राजनीति गरिरहेको आरोप लगाउँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु विरोधमा उत्रिएका छन् ।
प्रदेश प्रमुखले दलिय कार्यकर्ता जस्तै राजनीति गर्न खोजिरहेको भन्दै लोसपाका नेता कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले प्रदेश प्रमुख विरुद्ध नारावाजी गर्दै मधेसको प्रदेश प्रमुखको कार्यालय अगाडी विरोध प्रदर्शन गरेका छन् । लोसपाका नेता सुरेन्द्र झाले मुख्यमन्त्री जितेन्द्र सोनलले सभामुखले संसदीय मर्यादा विपरित सदन सञ्चालन गर्नुभएको र विश्वासको मत लिने वातावरण नदेखेर मत विभाजनअघि नै राजीनामा गर्नुभएको थियो । त्यसैले प्रदेश प्रमुखले तत्काल संविधानको धारा १६८ को उपधारा २ बमोजिम तत्काल सरकार गठनका लागि आह्वान गर्नुपर्ने भएपनि प्रदेश प्रमुख दलिय कार्यकर्ता जस्तै भूुमिका निर्वाह गरिरहेको आरोप लगाउनु भयो ।
लोसपाका नेताहरुले आफूहरुसँग स्पष्ट बहुमत रहेको दाबी गरेका छन् । –न्युज एजेन्सी नेपाल