यस्ताे छ आगामी तीन दिनकाे मौसम पूर्वानुमान

.

काठमाडौं – आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा पश्चिमी वायुको प्रभावका कारण देशभर नै मौसममा बदली भएको छ । केही स्थानहरुमा वर्षा र हिमपात पनि भइरहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती, मधेश र प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भइरहेको छ । यस्तो अवस्था कम्तिमा सोमबारसम्म जारी रहने पूर्वानुमान मौसमविदले गरेका छन् ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

जारी मिति: २०७८/१०/०७ विहान ६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा/हिमपात भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ माघ ०७ गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागमा सामान्यतया सफा देखी आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

२०७८ माघ ०८ गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा सामान्य देखी पूर्ण बदली रही तराईका भू-भागमा आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ। छ।सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

२०७८ माघ ०९ गते (आईतबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।पहाडी तथा तराई भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ। छ।सुदुरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखी मध्यम वर्षाको संभावना रहेको छ भने बांकी पहाड तथा तराईका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशको थोरै स्थानहरुमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।