पाँच दलीय गठबन्धनले देशलाई बिगारे: केपी ओली

.

काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जडान गरिदिएको थोत्रा टालाहरुको पुतली’को संज्ञा दिनु भएको छ ।

 

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन आफैंलाई भने एमाले सम्झिएर निद्रामा पनि ऐठन हुने गरेको बताउनु भयो । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टीको स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक गर्दै उहाँले बेहाल अवस्थामा रहेको सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई डराएको भन्न नमिल्ने बताउनु भयो ।

 

अध्यक्ष ओलीले समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि एमालेलाई आगामी तीन वटै तहको निर्वाचनमा विजयी गराउनुको विकल्प नरहेको पनि पटकपटक दोहो-याउनु भयो । पाँच दलीय गठबन्धनले देशलाई बिगारेको उल्लेख गर्दै उहाँले त्यसलाई सही बाटोमा ल्याउन एमालेले आगामी सबै तहको निर्वाचनमा जित्नैपर्ने जिकीर गर्नु भयो ।

News Agency Nepal