काठमाडौं -जेठ २२ देखी २८ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिने भएको छ ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार बसेको राखेपको बोर्ड बैठकले आसन्न नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रर्दशनी खेल आयोजना गर्ने निर्णय गरेको छ ।
बैठक बारे निर्णय सार्वजनिक गर्दै राष्ट्रियय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले ३६ खेल समावेश गर्ने निर्णय भएको जानकारी दिएका हुन । तीन वर्षपछि राष्ट्रिय खेलकुद परिषद् बोर्ड बैठक सम्पन्न भएको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो । युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले राष्ट्रिय खेलकुद आयोजना सँगै १९औं एसियाली खेलकदमा सहभागि हुने खेलको पनि टुङ्गो लगाएको हो ।
यसका अलावा बैठकलदे बिभिन्न महत्वपूर्ण निर्णयहरु समेत पारित गरेको छ ।