पूर्वराज्यमन्त्री डिम्पल कुमारी झाको निधन

.

काठमाडाैं – पूर्वराज्यमन्त्री एवं लाेकतन्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ ।

 

 

झाको उपचारका क्रममा आइतबार राति काठमाडाैंमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिएका छन् । डिम्पल पछिल्लाे दुई वर्षयता क्यान्सरसँग जुधिरहेकी थिइन् ।

 

 

पूर्वसंविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन् । डिम्पल लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन् ।