बालेन शाहले दिए काठमाडौं महानगरको मेयरमा उम्मेदवारी

.

काठमाडौं – स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् ।

 

 

राष्ट्रिय सभागृहमा पुगी उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

 

 

युवाहरुमाझ चर्चित रहेका -यापर शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आएका थिए ।

 

 

पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले जित्ने दाबी गरे ।