काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंहले उम्मेदवारी दर्ता गर्ने

.

काठमाडौं – काठमाडौं महानगरपालिकाको भावी मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ ।

 

 

कांग्रेसका जिल्लास्तरिय एक नेताका अनुसार दिउँसो १ बजे शान्तिबाटिका रत्नपार्कमा भेला भएर र्‍यालीसहित उम्मेदवारी दर्ता गर्न जाने तयारी भएको छ । सिंह पाँच दलीय गठबन्धनवाट मेयरकी साझा उम्मेदवारसमेत भएकी छन् । उनी पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् ।

 

 

काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि रहेकी सिंह पार्टीका भातृ संगठन नेविसंघ, महिला संघ हुँदै लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय छिन् । काठमाडौं कांग्रेसमा प्रकाशमानको पकड रहेको मानिएकाले पनि सिंहलाई मेयरमा उठाइएकाे बुझिएकाे छ ।