काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताउनु भएको छ ।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट पुर्वको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताउनु भएको हो । उहाँले अर्थतन्त्रको वर्तमान चुनौतीको समाधान सरकारले आगामी बजेट मार्फत गर्न सक्नु पर्ने बताउनु भयो ।
उपाध्यक्ष श्रेष्ठले अहिलेको अर्थतन्त्रको चुनौती समस्या समाधान उत्पादन र उत्पादकत्व बढाउनु नै भएको बताउनु भयो । विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै केही बस्तुको आयात प्रतिबन्ध गरेको तर आयात प्रतिस्थापन गर्ने सरकारले केही कदम नचालेको श्रेष्ठले बताउनु भयो । उहाँले सरकारले मुलुकलाई आत्मनिर्भर बनाउने बताएर पनि कुन वस्तु वा उत्पादनमा आत्मानिर्भर बन्ने स्पष्ट योजना बनाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।
कुनै पनि उद्योगहरु उत्पादनशिल र अनुत्पादक भन्ने नहुने भन्दै उपाध्यक्ष श्रेष्ठले राज्यले त्यस्तो सोच्न नहुने बताउनु भयो । उहाँले अब सरकारले लिने भ्याटको दर घटाउनु पर्ने बताउनु भयो । जनयुद्ध बेला राजश्व बढाउनु पर्ने भन्दै बढाएको ३ प्रतिशत भ्याट अब १० प्रतिशत बनाउनु पर्ने माग राख्नु भयो ।