सत्ता गठबन्धनको बैठक जारी, बागी उम्मेदवारबारे छलफल

.

काठमाडौं – बागी उम्मेदवारी फिर्ता गराउने विषयमा पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ।

 

 

प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको बैठकमा बागी उम्मेदवारी फिर्ताबारे छलफल भैरहेकाे राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।

 

 

स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भए पनि ठाउँठाउँमा बागी उम्मेदवारी परेको छ ।  ११ र १२ वैशाखमा भरतपुर र पोखरासहितका महानगरसँगै, विभिन्न उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामासेमत आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ ।

 

 

उम्मेदवारी फिर्ता लिने समय भने शुक्रबार ५ बजेसम्म रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघि पनि बिहीबार गठबन्धन दलहरूको बैठक बसेको थियो । तर, अझै पनि धेरै ठाउँमा बागी उम्मेदवारी फिर्ता हुन बाँकी छ ।   आधिकारिक उम्मेदवारलाई निर्वाचत जित्न कठिन हुनेगरी बागी उम्मेदवारी परेको हो ।