काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ ।
उनी सशस्त्र प्रहरी बलको एआईजी थिए । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हाे । सशस्त्रमा एआईजी अर्याल आईजीपीकाे एकल दाबेदार थिए ।