खेलाडी विवादबारे बोले अल्मुताइरी, एन्फालाई लेखे पत्र

.

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूमाथि गम्भीर आरोप लगाएका १० खेलाडीलाई माफी दिएको बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै अलमुताइरीले कुनै कारवाही नगर्न आग्रह पनि गरेका छन् । पत्रमा उनले आफू राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा निरन्तर काम गर्न इच्छुक रहेको पनि बताएका छन् ।

‘खेलाडीहरुले मेरोविरुद्ध गरेको अपमानजनक टिप्पणीका लागि माफी दिन्छु । र, विनम्रतापूर्वक अनुरोध गर्छु कि यी खेलाडीहरुलाई उनीहरुको गल्तीका लागि दण्डित नगरियोस् ।’ पत्रमा उल्लेख छ । अलमुताइरीले खेलाडीले गरेको पत्रकार सम्मेलनले आफू निकै दु:खी भएको पनि बताएका छन् ।

उनले एसियन कप छनोटमा जस्तोसुकै नतिजा आएपनि आफू जिम्मेवार रहने बताएका छन् । बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय टोलीका खेलाडीहरुले आफूहरुलाई प्रशिक्षकले पटक पटक क्याम्प छोड्न निर्देशन दिएको दावी गर्दै विहीबार पत्रकार सम्मेलन गरेका थिए । होस्टलको सेवा सुविधा सुधारको विषयमा प्रशिक्षक र खेलाडीबीच विवाद उत्पन्न भएको थियो ।

No description available.

No description available.