भुवन, श्वेता र रवीन्द्र कांग्रेस प्रवेश

.

काठमाडौं – अभिनेता भुवन केसीसहित केही कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले टीका लगाएर केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।

कांग्रेसले कला क्षेत्रको विकासमा सहयोग गर्ने कलाकारहरुको विश्वास छ ।