कोरोनाका कारण एकैदिन १६ जनाको मृत्यु, थप १० हजार २५४ जनामा संक्रमण पुष्टि

.

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १४ हजार ४६२ र एन्टिजेन विधिबाट ५ हजार ७२५ जनामा परिक्षण गर्दा १० हजार २५४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ७०८ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १६ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५१ छ ।