मधेस प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब,नियोजित रूपमा प्रयोग नगरेको आशंका

.

काठमाडौं – तत्कालिन प्रदेश नम्बर -२ ले नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको बिषयमा जारी राजपत्रमा नेपालकाे ‘चुच्चे नक्सा’ समेटिएको छैन ।

सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत भारतबाट अतिक्रमित भूभाग समेटेर नयाँ नक्सा जारी गरेको दुई बर्ष वितेको अवस्था हुदाँ पनि मधेस प्रदेशले भने पुरानै नक्सामार्फत राजपत्र प्रकाशित गरेको हाे ।

मधेस प्रदेश नामाकरण गरिएको बिषय जानकारी दिन जारी राजपत्रमा चुच्चे नक्सा नअटेको हो । मधेस प्रदेशका महान्यायधिवक्ता दिपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा चुच्चे नक्सा नदेखिएपछि प्रदेश सरकारको यो गम्भीर त्रुटि हो कि नियोजित रूपमा प्रयोग नगरेको भन्ने कुरा आम नागरिकको सर्वाधिक चासोको विषय बनेको छ ।