पोखरा – स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए ।
घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ र पोखराको गण्डकी मेडिकल कलेज पठाइएको छ । सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो । जिपमा मतदान गर्न गएका वृद्धवृद्धा रहेको बताइएकाे छ ।