चार दशकदेखि शिक्षामा अग्रणी लिटिल एन्जल्स स्कूल : शान्त वातावरणमा प्रविधिमैत्री र गुणस्तरीय शिक्षामा जोड

.

काठमाडौं । ललितपुरको हरियालीयुक्त हात्तीवन क्षेत्रमा अवस्थित लिटिल एन्जल्स स्कूल (एलए) ले चार दशकभन्दा बढी समयदेखि नेपाली शिक्षाक्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको जनाएको छ। आधुनिक शिक्षण प्रणाली, प्रविधिमैत्री वातावरण तथा गुणस्तरीय शैक्षिक अभ्यासमार्फत विद्यालयले आफ्नो छुट्टै पहिचान बनाएको छ।

सन् १९८१ मा स्थापना भएको लिटिल एन्जल्सले समयको मागअनुसार शिक्षण पद्धति र प्रविधिमा निरन्तर सुधार तथा नवप्रयोग गर्दै आएको छ। विद्यालयले सन् १९९७ देखि कक्षा ११ र १२ सञ्चालन सुरु गरेको थियो भने हाल स्नातक तहसम्मको शिक्षा प्रदान गर्दै आएको छ।

विद्यालयका अनुसार स्थापनाकालदेखि नै शैक्षिक नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै आएको एलए पछिल्ला २२ वर्षदेखि देशका उत्कृष्ट १० शिक्षण संस्थाभित्र निरन्तर स्थान बनाउन सफल भएको छ।

‘शिक्षा सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ’ भन्ने मूल उद्देश्यसहित विद्यालयले विद्यार्थीलाई संस्कारयुक्त, सिर्जनशील र प्रविधिमैत्री शिक्षा प्रदान गर्दै आएको जनाएको छ। पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय सन्दर्भअनुसार समय–समयमा अद्यावधिक गर्दै गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखिएको विद्यालयको भनाइ छ।

विद्यालयमा शान्त र स्वच्छ वातावरण, आधुनिक भौतिक पूर्वाधार, स्मार्ट कक्षाकोठा, आवासीय सुविधा, फराकिलो खेलमैदान तथा विद्यार्थीको समग्र विकासलाई केन्द्रमा राखेर शैक्षिक गतिविधि सञ्चालन गरिँदै आएको छ। कक्षा ११ र १२ अन्तर्गत साइन्स, मेनेजमेन्ट तथा ‘ए लेभल’ कार्यक्रम सञ्चालन हुँदै आएको विद्यालयले जनाएको छ।

शैक्षिक उपलब्धिसँगै विद्यार्थीको मानसिक, शारीरिक र सामाजिक विकासमा समेत विशेष ध्यान दिँदै आएको लिटिल एन्जल्स स्कूल अहिले हजारौँ विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको विद्यालयको दाबी छ।