भरतपुरमा रेणुले लिइन् ७ हजार ५६५ मतान्तरको अग्रता

.

भरतपुर – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ। हालसम्म ९० हजार ३ सय ८ मत गणना हुँदा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी दाहालले एमाले–राप्रपा गठबन्धनका उम्मेदवारलाई ७ हजार ५६५ मतले पछि पारेका छन्।

 

 

 

रेनुले ३५ हजार ४६० मत पाएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार ८९५ मत प्राप्त गरेका छन भने स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ८९७ मत प्राप्त गरेका छन्।

 

 

 

यसैगरी, सत्ता गठबन्धनको तर्फबाट उपमेयर पदमा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३७ हजार ६२४ मत प्राप्त गरेका छन्। उनले राप्रपाकी उपप्रमुख उम्मेदवार हिमला गुरुङलाई १५ हजारभन्दा बढी मत अन्तरले पछाडि पारेका हुन्। गुरुङले २२ हजार ५६ सय मत प्राप्त गरेका छन्।