काठमाडौं- वातावरणमा परेको असरले ठूलो क्षति भइरहेको भन्दै विज्ञहरुले तीनै तहका सरकार, नागरिक र सरोकारवाला निकायहरु वातावरण संरक्षणमा गम्भीर बन्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।
सोमवार राष्ट्रिय मानव अधिकार आयोगले विश्व वातावरण दिवसको अवसरमा ललितपुरमा आयोजना गरेको संघीय संरचनामा मनव अधिकारको दृष्टिकोणबाट प्राकृतिक श्रोतको व्यवस्थापन विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै विज्ञहरुले वातावरण जोगाउन सबैले महत्वपूर्ण भुमिका खेल्न आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगलाई बाटो देखाउने कुनै कानून नरहेको गुनासो गर्नुभयो । उहाँले आयोगलाई गाइड गर्ने एकीकृत कानून बन्नुपर्नेमा जोड दिनुभयो । आफू नियुक्ति भएपछि पहिलो निर्णयको रुपमा कानून बनाइ ड्राफ्ट गर्न सैद्धान्तिक स्वीकृति माग गरेको तर सरकारले ३ वर्ष भइसक्दासमेत त्यसमा कुनै आवश्यक्ता नऔँल्याएको बताउनु भयो ।
उहाँले नेपालसहित संसारमै प्रकृतिमाथि अपमान भइरहेको र शहरी समस्याको व्यवस्थापनमा विकराल अवस्था सिर्जना भइरहेको बताउनु भयो ।