काठमाडौं-नेपाली कथानक चलचित्र चिसो मान्छे आजबाट सार्वजनिक भएको छ ।
स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य अभिनय रहेको फिल्म चिसो मान्छे आजबाट प्रदर्शनमा आएको हो । कर्णाली आसपासको कथा बोकेको यो चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । उनले यसअघि पशुपतिप्रसाद, आमालगायत चलचित्र निर्देशन गरेका थिए । फिल्म सार्वजनिकपछि सिने पत्रकारहरुसँग कुरा गर्दै नायिका स्वस्तिमा खड्काले फिल्म चल्नेमा विश्वस्त रहेको बताइन् ।
उनले फिल्मले नेपालीहरुको वास्तविक कथा बोकेको र गाएँल परिवेशमा रहेकोले पनिराम्रो रहेको प्रतिक्रिया दिइन् । नायिका खड्काले फिल्ममा कुनै अवार्ड पाउने भन्ने मनशायले अभिनय नगरेको बरु अभिनयलाई सुधार्दै गएको बताइन् । त्यस्तै नायक अर्पण थापाले कोरोनाकालको लकडाउन भन्दाअघि मानिसहरुमा मर्छु भन्ने भिसोपन त्यत्ति नभएको तर त्यसपछिका दिनमा सबै चाहिने रहेछ भन्ने अनुभुति भएको पाइएको बताउनु भयो ।