काठमाडौं -नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले गठबन्धन गरेर सरकार र निर्वाचन गर्दा संविधानमा व्यवस्था गरेको ३३ प्रतिशत महिलाको उम्मेदवारी सहभागिता हुन नसकेको बताउनुभएको छ ।
आईतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै शर्माले गठबन्धन गरेर सरकार र निर्वाचन गर्दा संविधानमा व्यवस्था गरेको ३३ प्रतिशत महिलाको उम्मेदवारी सहभागिता हुन नसकेको बताउनुभएको हो । उहाँले गठबन्धन गरेर निर्वाचनमा जाँदा संविधानले व्यवस्था गरेको कानूनी अधिकार खोखिएको दाबी गर्नुभयो ।
शर्माले अब आगामी निर्वाचनमा उम्मेदवारी दिँदा कानूनी बाध्यता बनाएर भएपनि संघ र प्रदेशको निर्वाचनमा प्रत्यक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला हुनुपर्ने सरकारसँग माग गर्नुभयो ।