गोल्डेन सुनगाभामा नौ कक्षाका विद्यार्थी बने नयाँ प्रधानाध्यापक

.

भक्तपुर -चाँगुनारायण–२ स्थित दुवाकोट गोल्डेन सुनगाभा इङ्गलिस बोर्डिङ्ग स्कुुलको एक दिने अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ ।

 

 

स्कुुलले नियमित रुपमा अतिरिक्त क्रियाकलाप अन्तर्गत गर्दै आइरहेको विद्यार्थीहरुको विद्यार्थीसँग एक दिने कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमका लागि विद्यार्थीहरुबाट नै एक दिनका लागि कक्षा ९ मा अध्ययनरत विद्यार्थी सन्देश न्यौपाने प्रधानाध्यापक चुनिएका थिए । सो विद्यालयमा प्ले ग्रुप देखि कक्षा १० सम्म नियमित रुपमा अध्यापन गराउँदै आएका शिक्षक शिक्षिकालाई कक्षागत तथा विषयगत शिक्षक प्रतिनिधि कक्षा ८, ९ र १० मा अध्यनरत विद्यार्थीहरुबाट छनोट गरी विद्यालयको नियमित कार्य सञ्चालन गरिएको थियो ।

 

त्यसै गरि विद्यालयको व्यवस्थापकीय तथा प्रशासनिक विभागमा पनि प्रतिनिधि विद्यार्थी छनोट गरी कार्यक्रम सञ्चालन गरिएको थियो । विद्यालयका प्रधानाध्यापकले उक्त कार्यक्रमको उद्धेश्य विद्यालयलाई भक्तपुर जिल्लामै अब्बल तथा व्यवहारिक शिक्षा प्रदान गर्ने स्कुल बनाउनु रहेको बताए । साथै विद्यार्थीहरुको विद्यार्थीसँग एक दिने कार्यक्रमबाट उनिहरुलाई भविष्यमा हुने पेसागत दायित्व र जीवन निर्वाहमुखी तथा जिम्मेवारी बहन गर्न सक्ने सिप र क्षमताको विकास होस् भन्ने रहेको बताए ।

 

विद्यालयकी इ.सि.ए इन्चार्ज मनिला खत्रीले किताबी ज्ञानमा आधारित शिक्षा प्रणालीमा केहि नयाँ र फरक उद्देश्य राखेर यस्ता व्यवहारिक र समय सान्दर्भिक नेतृत्व विकासका कार्यक्रम धेरैभन्दा धेरै गरिनुपर्ने बताइन् । गोल्डेन सुनगाभाले अन्य विद्यालयभन्दा फरक, मौलिक र समय सापेक्ष रुपमा स्थापना देखिनै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।