लायन्स क्लब अफ पाल्पा भैरबको पहिलो कार्यक्रम : खाद्यन्न वितरण र वृक्षारोपण

.

पाल्पा,सुनिल कार्की \
लायन्स क्लब अफ भैरबले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत निलसागर सेवा आश्रममा खाद्यन्न वितरण गरेको छ भने पर्यटकीय स्थल श्रीनगरमा वृक्षारोपण गरेको छ । एक महिना एक कार्यक्रम अन्र्तगत लायन्स क्लब अफ पाल्पा भैरबले सामाजिक उत्तरदायित्व अन्र्तगत यी दुई कार्यक्रम गरेको हो । क्लबले तानसेन नगरपालिका वडा न.१ को भुसलडाँडामा रहेको निलसागर सेवा आश्रमका आश्रितलाई खाद्यन्न हस्तान्त्रण गरेको छ । क्लबले एक कार्यक्रमका बीच सेवा आश्रममा रहेका आश्रितको दैनिक जिविकालाई सहज बनाउन चामल,दाल,आलु,चिनि,नुन लगायतको दैनिक उपभोग्य सामाग्री सहयोग गरेको हो । ‘हाम्रो क्लब बलियो क्लब’ भन्ने नाराका साथ अघि बढेको लायन्स क्लब अफ पाल्पा भैरबले आफ्नो बार्षिक कार्यक्रम अनुसार रचनात्मक कार्यक्रमलाई निरन्तरता दिर्दै आएको छ ।


एक औपचारिक कार्यक्रमका बीच भएको कार्यक्रममा निलसागर सेवा आश्रममा भएको खाद्यन्न सहयोग कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका वडा नं १ का वडा अध्यक्ष सुनिल बस्यालले सामाजिक सेवा गर्ने उद्धेश्यले स्थापना भएको क्लबले आफ्नो वडाको आश्रमलाई सहयोग गरेकोमा धन्यवाद दिर्दै वडा र तानसेन नगरपालिकाले यस आश्रमको लागि समेत आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । आफु स्वयम संस्थापक अध्यक्ष भएको क्लबले अहिले आफ्नो वडामा आएर सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । क्लबमा संक्रिय र जुझारु टिम रहेकाले आगामी दिनमा क्लबले समाजमा यस्तै खाले कार्यक्रमलाई निरन्तरता दियोस भन्ने चाहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा लायन्स क्लब अफ पाल्पाका कोचिफ सुशील प्रधान,लायन्सका क्षेत्रीय अध्यक्ष सुरेन्द्र पौडेल,वडा नं ३ का वडा अध्यक्ष बाबुरत्न शाक्य लगायतले बोल्दै लायन्स क्लब अफ पाल्पा भैरब निकै संक्रिय क्लब भएकाले यस क्लबले समाजमा आफ्नो छुट्टै प्रभाव जमाएर सामाजिक सेवामा लागोस भन्ने शुभकामना दिनुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै क्लबका प्रथम उपाध्यक्ष दिपक घिमिरेले समुदायमा रहेका विभिन्न क्षेत्रका युवाहरुको सहभागितामा क्लब स्थापना भएको र समाजमा युवाहरुले सामाजिक काम गर्न उमेर कटि सकेको हुन पर्देन भन्ने सन्देश दिन यसै गरि कार्यक्रम गर्दै जाने बताउनुभयो ।


कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष सचिन विष्टले वर्ष २०२२\०२३ का लागि क्लबले आफ्नो वार्षिक कार्यक्रम अनुसार पहिलो कार्यक्रको रुपमा निलसागर आश्रमलाई खाद्यन्न सहयोग गरेको बताउनुभयो । मित्रता दिवसको अवसर पारेर निलसागरमा क्लबले यसरी सहयोग गर्न पाउँदा खुशी लागेको बताउर्दै क्लब र आश्रम बीचको मित्रता वर्षमा एकपटक मात्र नभई आश्रमको हरेक सुखदुखमा हुन आवश्यक रहेको बताउनुभयो । क्लबले आश्रमलाई खोज्र्दै आउनु भन्दा पनि आश्राले आफ्नो समस्य क्लबसँग ल्याउदा सहयोग गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रममा वडा नं १ का वडा सदस्य रामप्रसाद भट्टराई,क्लबका निर्वतनमान अध्यक्ष हरिकृष्ण शर्मा, द्धितिय उपाध्यक्ष अजुर्न कार्की लगायतको सहभागिता रहेको थियो ।

पर्यटकीय स्थल श्रीनगरमा वृक्षारोपण
लायन्स क्लब अफ पाल्पा भैरबले मित्रता दिवसको अवसर पारेर पर्यटकीय स्थल श्रीनगरमा वृक्षारोपण गरेको छ । क्लबले श्रीनगरको भ्यूटावर क्षेत्रमा फलफूलजन्य विरुवाको रोपण गरेको हो ।
श्रीनगरको केही क्षेत्रलाई फलफूल ब्लकको रुपमा विकास गरि निकट भविष्यमा फलफूलको गार्डेन बनाउने अभियान अनुरुप अघि बढेको क्लबका अध्यक्ष सचिन विष्टले जानकारी दिनुभयो । श्रीनगर सम्सितोष्ण हावा पानि भएको क्षेत्र भएकोले यस क्षेत्रको सम्भाव्यता अनुरुपम फलफूलको विरुवा रोपण गरिएको अध्यक्ष विष्टले बताउँनुभयो । क्लबले आगामी दिनमा स्थानिय सरकारको समन्वयमा श्रीनगरलाई फलफूलको बगैचाको रुपमा विकास गर्ने योजना रहेको समेत बताउनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि वडा नं ३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले अपार सम्भावना हुँदा हुँदै पनि श्रीनगरको प्रर्याप्त विकास हुन नसकेको बताउँर्दै वडाले यस्तै क्लब,सामुदायिक वन उपभोक्ता समुह,सरोकारवालको राय सुझावको आधारमा श्रीनगरलाई थप ब्यवस्थित बनाउँदै लैजाने बताउनुभयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि वडा नं ५ का वडा अध्यक्ष राम बहादुर रावल र वडा नं १ का वडा अध्यक्ष सुनिल बस्यालले श्रीनगरलाई पूर्वाधार र सरसफाईको क्षेत्रमा ध्यान दिन आवश्यक रहेको भन्दै नगरपालिकाको समन्वयमा खानेपानिको समस्या समधान गरि श्रीनगरमा बाह्य र आन्तरिक पर्यटक भित्राउन पहल गर्ने बताउनुभयो ।


श्रीनगरमा ३० भन्दा बढी फलफूलका विरुवा रोपण गरिएको छ । लायन्स क्लब अफ पाल्पा भैरबको आयोजनामा भएको निल सागर सेवा आश्रमको कार्यक्रम लायन्स बाबुराम पछाईको संयोजकत्वमा भएको थियो भने श्रीनगरको वृक्षारोपण कार्यक्रम लायन्स शिशिर पाण्डेको संयोजकत्वमा भएको थियो । दुवै ठाउँमा भएको छुट्टछुट्टै कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन्स सुमन बस्यालको सञ्चालनमा भएको थियो ।