काठमाडौं –बिराटनगर भन्सार कार्यालयले ७० औं अन्तराष्ट्रिय भन्सार दिबसमा के एल दुगड समुहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ । के एल दुगड समुहका कनोडियालाई ब्यापार शहजीकरण राजस्व संकलन कार्यमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको बिराटनगर भन्सार कार्यालयले जनाएको छ । कार्यालयले कनोडियालाई अन्तराष्ट्रिय भन्सार दिबसको दिनमा सम्मान गर्दै प्रशम्सा पत्र प्रदान गरेको थियो ।