तीब्र आर्थिक विकासको लागि पूर्वाधार निर्माण आवश्यक: विष्णु अग्रवाल

.

काठमाडौं-नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालको दिगो विकास लक्ष्य पूरा गर्न पूर्वाधारमा जीडीपीको करिव ९.५४ प्रतिशत लगानी हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

 

बिहीवार परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताउनुभएको हो । उहाँले पूर्वाधार विकासमा जीडीपीको करिव ९.५४ प्रतिशत लगानी हुनुपर्ने भएपनि अहिले ३ प्रतिशत मात्रै भएको बताउनु भयो । अध्यक्ष अग्रवालले मुलुकमा तीब्र आर्थिक विकासको लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताउनु भयो ।

 

उहाँले आर्थिक विकासको लागि भौतिक पूर्वाधार मात्रै नभई प्रविधिको विकास पनि आवश्यक रहेको बताउनु भयो । अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि पूर्वाधार क्षेत्रबाट लाभ उठाउन सक्ने अथाह सम्भवना रहेको बताउनु भयो ।

News Agency Nepal