नेप्से परिसूचक २.१३ अंकले घट्यो

.

काठमाडौं- बिहीवार पनि नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बिहीवार नेप्से परिसूचक २.१३ अंक घटेर १९३७.७४ बिन्दुमा झरेको हो ।

 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अंक र फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ बढेको छ ।बिहीवार कारोबारमा आएका २२७ कम्पनीको ३४ लाख १ हजार कित्ता शेयर १ अर्ब ४ करोड ४४ लाख ४० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवारको तुलनामा बिहीवार कारोबार रकम भने बढेको छ ।

 

बुधवार ८२ करोड भन्दा माथिको मात्रै कारोबार भएको थियो । बिहीवार १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ । जसमा वित्त उपसमूहको परिसूचक १.३७ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यता अन्य उपसमूहको परिसूचक १.३३ प्रतिशत घटेको छ ।

News Agency Nepal